जोगबुडामा झाडापखालाको प्रकोप: ७ वर्षीय बालकको मृत्यु, परिवारका अन्य सदस्य उपचाररत

डडेल्धुरा जिल्लाको भित्री मधेश क्षेत्र जोगबुडामा झाडापखालाको प्रकोप देखिँदा एक सात वर्षीय बालकको दुःखद् मृत्यु भएको छ। चुरे क्षेत्रअन्तर्गत पर्ने परशुराम नगरपालिका–२ मा अत्यधिक गर्मीका बीच एकै परिवारका सदस्यहरू अचानक बिरामी परेका थिए।

उक्त परिवारका चार जनालाई एकैपटक झाडापखाला र बान्ता सुरु भएपछि उपचारका लागि अस्पताल लगिँदै गर्दा ७ वर्षीय युवराज बुढामगरको बाटोमै ज्यान गएको हो। यस घटनाले परिवारमा गहिरो शोक छाएको छ।

जोगबुडा प्रादेशिक अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार मृतककी आमा र अन्य तीन बालबालिका हाल अस्पतालमा उपचाररत छन्। तीनै जना बालबालिकामा झाडापखालाको लक्षण देखिएको छ भने आमामा अत्यधिक तनावका कारण स्वास्थ्य समस्या थपिएको बताइएको छ।

उनीहरूमा हैजाको आशंकामा गरिएको परीक्षणको नतिजा भने नेगेटिभ आएको छ। प्रारम्भिक अनुमानअनुसार दूषित खाना (फूड पोइजन) का कारण यस्तो समस्या देखिएको हुन सक्ने चिकित्सकहरूको भनाइ छ। उपचाररत सबैको अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार