मानव अधिकार आयोगले भन्यो- वास्तविक सुकुमवासी पहिचान गरी व्यवस्थापन गर

११ वैशाख, काठमाडौं । मानव अधिकार आयोगले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका सहाक प्रवक्ता श्यामबाबु काफ्लेले विज्ञप्ति जारी गरी सरकारले बागमती नदी किनारलगायत विभिन्न स्थानका सुकुमवासीहरूको घर टहरा हटाउने निर्णय गरेको विषयमा ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेका हुन् ।

आयोगले‍ यस विषयमा विगत गरेको सिफारिस पनि कार्यान्वयन सम्बन्धमा जानकारी पनि माग गर्दै सरकारलाई पत्र पठाइएको बताएको छ ।

सरकारले भोलि बिहानदेखि काठमाडौंका विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने तयारी गरेको छ । यसका लागि बस्ती खाली गराउन पनि भनिसकेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार