अमेरिका र इरानबीचको तनावका बीच अमेरिकी नौसेना प्रमुखले राजीनामा दिदै

पेन्टागन : अमेरिका र इरानबीच बढ्दो तनावका बीच अमेरिकी नौसेना प्रमुख जोन फेलनले राजीनामा दिने भएका छन्। पेन्टागनका प्रवक्ता सिन पर्नेलले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन्। साथै, नौसेनाका अन्डरसेक्रेटरी हङ काओ अब कार्यवाहक सचिव हुने पनि उनले बताए।

हालैका महिनामा राजीनामा दिएका वरिष्ठ सैन्य अधिकारीको सूचीमा फेलनको नाम  थपिएको छ । केही हप्ताअघि मात्रै अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ र्यान्डी जर्जलाई पद छोड्न भनेका थिए । 

अन्य दुई सैन्य अधिकारीहरू, जनरल डेभिड हडने र मेजर जनरल विलियम ग्रिनलाई पनि हालै उनीहरूको पदबाट हटाइएको छ। पेन्टागनमा आएदेखि हेगसेथले दर्जनभन्दा बढी वरिष्ठ सैन्य अधिकारीहरूलाई हटाइसकेका छन् । जसमा नौसेना सञ्चालन प्रमुख र एयरफोर्सका उप-प्रमुख समेत सामेल छन्।

पहिले कहिल्यै सेनामा सेवा नगरेका फेलन मार्च २०२५ मा नौसेना प्रमुख बनेका थिए । उनलाई २०२४ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले यो पदमा नियुक्त गरेका थिए। उनका उत्तराधिकारी काओ अक्टोबर २०२५ मा उपसचिव बनेका थिए भने उनी २५ वर्षदेखि नौसेनामा सेवारत छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार