ओलीको सन्देश सुनाउँदै बादलले भने- एक भएर चुनौती पार गर्नुपर्नेछ

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान चुनौतीहरूलाई पार लगाउन पार्टी एकता अपरिहार्य भएको बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सन्देश पठाउँदै उनले यस्तो बताएका हुन् ।

अस्वस्थ भएर घरमै आराम गरिरहेका ओलीले आजको कार्यक्रमका लागि सन्देश पठाएका थिए । उनको सन्देश पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पढेर सुनाए ।

‘पार्टीको नेतृत्वमा भएको विभिन्न आन्दोलनले उपलब्धी पनि हासिल गरेको छ । तर पटकपटक पीडा पनि व्यहोरेको छ । निरंकुशताको अन्त्य र गणतन्त्र स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्यो पार्टीले,’ ओलीले पठाएको सन्देश सुनाउँदै बादलले भने, ‘मुलुकलाई सुखी नेपाली समृद्ध नेपालको मार्गमा डोर्‍यायो । नेकपा एमाले अनेकौं प्रतिकूलता झेलेर यहाँ आएको हो । एकताबद्ध भएर गौरवशाली र ऐतिहासिक चुनौती पार गर्नुपर्नेछ ।’

उनले आजको समयमा चुनौतीलाई पार गर्न पार्टीलाई एकतावद्ध बनाएर जानुपर्ने अवस्था रहेको बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार