डा. गुणाकर भट्टको नेतृत्वमा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन

भक्तराज जोशी

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिसका लागि समिति गठन गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको नेतृत्वमा बोर्डको अध्यक्ष सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो । उक्त समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य छन् । बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा दिएसँगै रिक्त रहेको बोर्ड अध्यक्षको पदपूर्तिका लागि सरकारले अध्यक्ष सिफारिस समिति गठन गरेको हो । श्रेष्ठले नयाँ सरकारलाई सहयोग गर्ने भन्दै राजीनामा दिएका थिए ।

त्यस्तै, मन्त्रिपरिषद् बैकठले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्यलाई नियुक्त गर्ने पनि निर्णय गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार