काठमाडौं । इरानले विदेशीलाई देशको जासुसी र राष्ट्रका तोडफोडमा संलग्न रहेको आरोपमा दुई जनालाई मृत्युदण्ड दिएको छ। अलजजिराका अनुसार ती व्यक्तिहरूलाई विदेशी शक्तिका लागि काम गरेको तथा देशभित्र अस्थिरता सिर्जना गर्ने गतिविधिमा संलग्न भएको आरोप लगाइएको थियो ।
इरानी न्यायिक निकायले उनीहरूले संवेदनशील सूचना संकलन गरी बाह्य शक्तिलाई उपलब्ध गराएको र महत्वपूर्ण संरचनामा क्षति पुर्याउने प्रयास गरेको जनाएको छ । उनीहरूविरुद्धको मुद्दा लामो समयदेखि चलिरहेको थियो र अन्ततः अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।
इरानको तस्निम समाचार एजेन्सीका अनुसार इजरायलको गुप्तचर संस्था मोसादसँग सम्बन्धित सञ्जालका सदस्य भएको आरोप लागेका दुईजनालाई आज बिहान मृत्युदण्ड दिइएको छ ।
समाचार एजेन्सीका अनुसार उनीहरूलाई सुरक्षित सञ्चार प्रयोग गर्ने, संवेदनशील स्थानहरूको पहिचान समन्वय गर्ने तथा विस्फोटक प्रक्षेप्य (प्रोजेक्टाइल) निर्माण गर्ने जस्ता विशेष तालिम लिएको अभियोगमा दोषी ठहर गरिएको थियो




प्रतिक्रिया दिनुहोस्