करिब २ महिनादेखि इन्टरनेटविहीन इरानीहरू कसरी सम्हाल्दैछन् दैनिकी?

इरान  – इरान र अमेरिकाबिचको युद्ध अनिश्चित बनिरहँदा इरानी नागरिकहरूको जीवनस्तर भने निकै दयनीय र कस्टपूर्ण बन्दै गएको छ। उनीहरू पछिल्लो करिब २ महिनादेखि इन्टरनेट बिनानै आफूलाई समाल्नुपर्ने अवस्थाबाट गुज्रिरहेका छन्।

इरानी नागरिकहरूले इन्टरनेट पँहुचबाट बाहिर भएको ५१ दिन पुगेको छ। इन्टरनेट बजार अनुगमनकारी संस्था ‘मोनिटर नेटब्लक्स’काअनुसार इरानी नागरिक लामो समयदेखि इन्टरनेट पँहुच बाहिर छन्।

नेटब्लक्सको सामाजिक सञ्जाल पेज एक्समा लेखेको छ ‘इरान सात हप्तादेखि विश्वव्यापी इन्टरनेटबाट अलग भएको छ र ‘डिजिटल प्रतिबन्ध’ को ११७६ घण्टामा प्रवेश गरेको छ’,उसले भन्यो ‘तथ्याङ्कले इरानी नागरिकको इन्टरनेटविहीन अवस्थाले आधुनिक समाजको लागि अतिआवश्यक मानिएको सेवाबाट बञ्चित हुनुलाई जीविकोपार्जन र मानव अधिकार बारे सङ्केत गर्दछ’ नेटब्लक्सले भनेको छ।

पछिल्लो पटक अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमा आक्रमण गरेयता इरानमा इन्टरनेटमा प्रतिबन्ध लगाइएको थियो, जुन यसअघि अप्रिल ५ सम्ममा नै रेकर्ड गरिएको सबैभन्दा लामो राष्ट्रव्यापी इन्टरनेट बन्द हो।

नेटब्लक्सकाअनुसार उत्तर कोरिया कहिल्यै पनि विश्वव्यापी इन्टरनेटमा जडान गरेको छैन। केही देशहरूले लामो समयसम्म बीच-बीचमा वा क्षेत्रीय-स्तरका प्रतिवन्धको अनुभव गरेको उसको अनुगमनले देखाएको छ।

युद्ध सुरु भएदेखिनै कतिपय प्रयोगकर्ताहरूले भिपिएन प्रयोग गरेको आशङ्कामा इरानी अधिकारीहरूले उनीहरूलाई पक्राउ गर्ने वा जेल हाल्ने चेतावनीसहितका सूचनाहरू सम्प्रेषण गर्ने गरेकोसमेत उसले जनाएको छ। धेरै सीमित सङ्ख्यामा व्यक्तिहरूसँग स्टारलिङ्क वा अन्य उपग्रहमा आधारित इन्टरनेट प्रदायकहरूमा पहुँच छ। यद्यपि, यी सेवा पनि प्रतिबन्धित अवस्थामा रहेका छन्।

यसअघि जनवरीमा सरकार विरुद्धको प्रदर्शनमा हजारौँको ज्यान गएको थियो। प्रदर्शनका क्रममा इरानीहरूले १८ दिने लामो इन्टरनेट प्रतिबन्धको सामना गरेको थिए । तर खामेनी सत्ताले हजारौँ आफ्ना नागरिकमाथि सिधै गोली प्रहार गर्दै आन्दोलन दबाएको थियो।

उक्त आन्दोलनको समयमा सञ्चारमाध्यामहरूमासमेत अघोषित प्रतिबन्ध लगाइएको थियो। विदेशी सञ्चारमाध्यामहरूलाई इरान प्रवेशमा समेत रोक लगाइएको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार