धनगढी–अत्तरिया ६ लेन सडकमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

धनगढीः धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका कैलालीको गोदावरीका दीपक बोगटीको मृत्यु भएको छ। 

शनिवार बेलुकी से २ त १५१२ नम्बरको ट्याक्टर र सुदूरपश्चिम प्रदेश ०१००८ प ५७८८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। उक्त दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–६ लालपुरका ४२ वर्षीय दीपक बोगटी गम्भीर घाइते भएका थिए। बोगटीको उपचारकाक्रममा भारतको बरेलीमा आइतवार राति ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १७ वर्षीया हेमा जोशीको उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक गोदावरी नगरपालिका–५ का ३२ वर्षीय हरिचन्द्र चौधरी ट्याकटरसहित प्रहरी चौकी कैलाली गाउँको नियन्त्रणमा रहेको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

7%

खुसी

93%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार