माथिल्लो डोल्पामा बिरामी परेका तथ्यांक संकलक कर्मचारीको हेलिकप्टरबाट उद्धार

२९ चैत, डोल्पा । हिमाली जिल्ला डोल्पामा तथ्यांक संकलनका क्रममा बिरामी परेका एक कर्मचारीको हेलिकप्टरबाट उद्धार गरीएको छ ।

तथ्याङ्क संकलनको क्रममा जिल्लाको माथिल्लो क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा खटिएका गणक कमल डाँगी अचानक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले उद्धारका लागि पहल गरेको थियो ।

सोही अनुसार उनलाई हवाई उद्धार गरी थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत पुर्‍याइएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकार रमेश पौडेलले जानकारी दिए ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०८२/८३ अन्तर्गत राष्ट्रिय तथ्यांक कार्यालय, थापाथली काठमाडौंको टोलीसँग कार्यरत डाँगी दुर्गम क्षेत्रमा कार्यरत रहेका बेला बिरामी परेका थिए ।

स्थलमार्गबाट तत्काल उपचार सम्भव नभएकाले हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका  प्रहरी नायव उपरीक्ष रुकबहादुर खड्काले  जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार