सुन-चाँदीको भाउमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ। 

शुक्रबार तोलामा दुई हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ। 

शुक्रबार सुन प्रतितोला दुई लाख ९६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आइतबार चाँदीको मूल्य पनि सामान्य बढेको छ।

शुक्रबार प्रतितोला चार हजार नौ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार सात सय ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार