दुर्गमबाट उत्कृष्टतासम्म:- डा. मेराज आलम अन्सारी राष्ट्रिय हेल्थ अवार्डबाट सम्मानित

भक्तराज जोशी

काठमाडौँ । स्वास्थ्य क्षेत्रमा निरन्तर समर्पित भई सेवा प्रदान गर्दै आएका चिकित्सकहरूको योगदानलाई उच्च सम्मान गर्दै “स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड–२०८२” भव्य रूपमा सम्पन्न भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान मा शनिबार आयोजित विशेष समारोहमा वरिष्ठ जनरल सर्जन डा. मेराज आलम अन्सारीलाई प्रतिष्ठित राष्ट्रिय हेल्थ अवार्ड–२०८२ प्रदान गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी पूर्व स्वास्थ्य मन्त्री सुधा गौतम शर्मा ले अन्सारीलाई अवार्ड प्रदान गरेकी थिइन्।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कको दशौँ वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा, डा. अन्सारीले विशेषगरी सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेर वर्षौँदेखि स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा पुर्‍याउँदै आएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो। सीमित स्रोत–साधनका बीच पनि उनले बिरामीको उपचारमा देखाएको प्रतिबद्धता, दुर्गम क्षेत्रसम्म स्वास्थ्य सेवा पुर्‍याउने प्रयास, र नयाँ पुस्ताका स्वास्थ्यकर्मीलाई मार्गदर्शन गर्ने भूमिकालाई उच्च मूल्यांकन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै स्वास्थ्य दर्पण मिडिया नेटवर्कका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ ले डा. अन्सारी जस्ता समर्पित चिकित्सकहरूकै कारण देशको स्वास्थ्य प्रणाली मजबुत बन्दै गएको बताए। उनले यस्ता व्यक्तित्वलाई राष्ट्रिय स्तरमा सम्मान गर्नुले अन्य स्वास्थ्यकर्मीलाई पनि अझ राम्रो काम गर्न प्रेरणा मिल्ने उल्लेख गरे।

उक्त कार्यक्रममा देशका सातै प्रदेशबाट स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिएका चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार तथा विभिन्न संस्थाहरूलाई समेत गरी २० वटा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।

स्वास्थ्य दर्पण मिडिया नेटवर्कले हरेक वर्ष आयोजना गर्दै आएको यो अवार्ड कार्यक्रमले स्वास्थ्य क्षेत्रमा निरन्तर खटिने व्यक्तिहरूको योगदानलाई उजागर गर्दै उनीहरूलाई सम्मानित गर्ने परम्परा कायम राख्दै आएको छ। यस्तो कार्यक्रमले स्वास्थ्य सेवामा समर्पित व्यक्तिहरूलाई थप हौसला प्रदान गर्नुका साथै समाजमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार