कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा हुन्छः सभामुख अर्याल

    काठमाडौं , चैत २८ –

    सभामुख डोलप्रसाद अर्यालले अब कानुन निर्माण र संसोधनको काम फाष्ट ट्रयाकमा गरिने बताएका छन् ।

    शनिबार काठमाडौंमा आयोजित लायन्स क्लबको ४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी रहेको बताउँदै राष्ट्र र राष्ट्रियताको लागि कानुन बनाउने कुरामा इमान्दार र निष्पक्ष भएर भूमिका निार्वाह गर्ने बताए ।

    उनले भने,‘नेपालमा धेरै क्षेत्रमा कानुनहरु बनाउन र संसोधन गर्न बाँकी छ । कानुन ,ऐन ,नियमावली र कार्यविधि कुनै पनि ठाउँमा संसोधन गर्नुपर्ने छ भने ,कसैको अहितमा कुनै पनि कानुन छ भने त्यो कानुनलाई फाष्ट ट्रयाकमा संसोधन गरेर नयाँ बनाउँछौं । यो राष्ट्र र राष्ट्रियताकोलागि कानुन बनाउने कुरामा एक इन्च पनि दायाँ–बायाँ नभई इमान्दार र निष्पक्ष भएर भूमिका निर्वाह गर्ने छु । जति ढिला भयो उति समस्या बढ्न सक्छ । त्यसैले मेरो काम फाष्ट ट्रयाकमा काम हुने छ ।’

    त्यस्तै उनले लायन्स क्लबले सामाजिक क्षेत्रमा धेरै राम्रो काम गरे पनि त्यसको समाचार मिडियामा पर्याप्त रूपमा नआएको टिप्पणी गरे । सञ्चारमाध्यमको ध्यान यतातर्फ कम गएको हो कि, वा स्पोन्सर÷खर्चको अभावका कारण हो भन्दै उनले प्रश्न गरे ।

    उनले भने,‘लायन्स क्लबले यति धेरै राम्रो कामहरु गरेको छ । तर यसको कामको कुरा मिडियामा त्यति धेरै देख्न पाएको छैन् । सञ्चारमाध्यमको किन आँखा जाँदैन यतातिर ? सञ्चारमाध्यलाई स्पोन्सरको कमि भएको हो कि रुखर्च दिन नपुगेको हो कि ? नत्र देशभरी यत्रो काम हुन्छ । लायन्स क्लबले काम नगरेको कुनै क्षेत्र नै छैन् । तर किन कुनै लेखहरु आएनन ? एकजना मन्त्रीले गरेको कार्यक्रममा चाँही सबै जना जाने । यस्तो कार्यक्रममा किन नजाने ?’ न्यूज बैंक

    कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

    यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

    0%

    खुसी

    0%

    दु :खी

    0%

    अचम्मित

    0%

    उत्साहित

    0%

    आक्रोशित

    CP
    Ban karyalaya

    सम्बन्धित समाचार