एमसीसी खारेज गर्नैपर्छ, नेपाली रगतलाई शंका नगर्नु : हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले उपसभामुखको पद दलगत नभई राज्यको भएको भन्दै राष्ट्रहित र स्वाधीनताका मुद्दामा आफूहरू अडिग रहेको बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूहरू जिम्मेवार देशभक्त प्रतिपक्ष भएको उल्लेख गरेका छन्। उनले उपसभामुख राज्यको पद भएकाले कुनै पार्टीको स्वार्थसँग जोडिन नहुने बताएका छन्।

राईले राष्ट्रभक्ति र स्वाधीनताका मुद्दा अटल रहेको भन्दै एमसीसी खारेजको विषयमा आवाज उठाउने धारणा राखे ।

उनले लेखेका छन्, ‘हामी जिम्मेवार देशभक्त प्रतिपक्ष हौँ। उपसभामुख राज्यको पद हो, पार्टीको होइन। हाम्रो कुनै स्वार्थ छैन। हाम्रा स्वाधीनता र राष्ट्रभक्तिका मुद्दा अटल छन्। अझै भन्छु एमसीसी खारेज गर्नैपर्छ। शंका नगर्नु नेपाली रगतलाई।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार