कैलालीको अस्पतालबाट प्रहरीको निगरानीमा रहेका थुनुवा भागे

धनगढी । कैलालीमा उपचारका लागि अस्पताल लगिएका लागूऔषध मुद्दाका थुनुवा फरार भएका छन् ।

बिहीबार मिर्गी भएर ढलेपछि थुुनुवा धनगढी उपमहानगरपालिका-७ मनहेराका ३२ वर्षीय मुकेश रानालाई प्रहरीले उपचारका लागि सेती प्रादेशिक अस्पताल लगेको थियो ।

तर, राना उपचारकै क्रममा भागेको प्रहरीले जनाएको छ । अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेका थिए । अस्पतालबाट भागेका रानाको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले रानाको खोजी कार्य भइरहेको जानकारी दिए । उनकाअनुसार रानालाई प्रहरीले १३ ग्राम ब्राउन सुगरसहित २४ चैतमा पक्राउ गरेको थियो ।

बिहीबार साँझ ५ बजेतिर मिर्गी आएर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । तर, होस् खुलेपछि निगरानीमा खटिएका प्रहरीको नियन्त्रणमा उनी भागेर फरार भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार