सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमति पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध चैत २३ गते नै काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गरेको पत्र बाहिरिएको छ ।
विभागका अनुसन्धान अधिकृत ध्रुवराज शर्माको हस्ताक्षरमा देउवा दम्पत्तिलाई सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका लागि पक्राउ गर्न अनुमति मागेका थिए ।
अनुमति मागेको पत्रमा लेखिएको छ, ‘सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धानका सिलसिलामा डडेलधुरा जिल्ला गन्यापधुरा गाउँपालिका वडा नं.२ वतन भई हाल काठमाडौँ जिल्ला, बुढानीलकण्ठ नगरपालिका वडा नं. २ बस्ने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र निजकी पत्नीलाई पक्राउ गर्नुपर्ने भएकाले निजहरूलाई पक्राउ गरी सम्पत्ति शुद्धीकरणको कसुरको अनुसन्धान गर्न मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ को उपदफा (२) र (४), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा १५क. तथा ऐ. ऐनको दफा १६ को उपदफा (१) को देहाय खण्ड (ग) समेत बमोजिम पक्राउ अनुमतिका लागि सादर अनुरोध छ ।’





प्रतिक्रिया दिनुहोस्