रास्वपाले भन्योः स्वास्थ्यमन्त्री निशा मेहतामा गम्भीरता देखिएन

२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ ।

श्रममन्त्री दीपककुमार साहले आफ्नो श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सदस्य बनाउँदा उनले विभागीय मन्त्रीले ध्यान नपुर्‍याएको भन्दै सभापति रवि लामिछानेले सचेत बनाएका छन् । ‘यस्तो गम्भीर विषयमा आफ्नो जिम्मेवारीमा अपेक्षित गाम्भीरता नदेखिएकोल स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय निशा मेहतालाई सचेत गराउन सिफारिस गर्दछु,’ प्रधानमन्त्री बालेन्द्र शाहलाई लेखिएको पत्रमा भनिएको छ ।

प्रधानमन्त्री शाहले बिहीबार श्रममन्त्री साहलाई पदमुक्त गरेका छन् । उनी १४ दिन मात्रै मन्त्री पदको भूमिका रहे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार