काठमाडौं ।
काठमाडौंमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन तोलामा ४३ सय रुपैयाँले घटेर २ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १५० रुपैयाँले घटेर ४८७५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन बुधबार ५०२५ रुपैयाँ थियो।




प्रतिक्रिया दिनुहोस्