पाकिस्तान–अफगानिस्तानबीचको युद्धविराम वार्ता निष्कर्षविहीन, चीनको प्रयास असफल

काठमाडौं । पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा जारी तनावका विषयमा चीनमा भएको वार्ता ठोस नतिजाबिना नै सकिएको डनले जनाएको छ ।

बीबीसीका अनुसार, चीनमा भएको बैठकमा तालिबानले डुरन्ड लाइनलाई मान्यता नदिने अडान दोहोर्‍याएको थियो । अस्थायी युद्धविरामका बाबजुद पाकिस्तानी सेनाले आफ्नो क्षेत्रमा आक्रमण गरिरहेको आरोप पनि लगाइएको थियो ।

अफगानिस्तानका कार्यवाहक विदेशमन्त्री अमीर खान मुत्ताकीले वार्ता उपयोगी भएको बताए पनि ठोस सफलता हासिल नभएको स्वीकार गरे । ६ दिनसम्म चलेको उक्त बैठकमा पाकिस्तानसहित चीन, टर्की, संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरब र कतार गरी ६ देशका अधिकारी सहभागी थिए ।

चीनले यो शान्ति वार्ताको नेतृत्व गरेको थियो । पाकिस्तानको अडान थियो कि जबसम्म तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी)लाई अफगानिस्तानबाट निर्मूल पारिँदैन, तबसम्म वार्ताको कुनै अर्थ रहँदैन । अर्कोतर्फ, अफगानिस्तानले टीटीपी पाकिस्तानको आन्तरिक समस्या भएको जनाएको छ ।

बैठकमा पाकिस्तानले टीटीपीका विषयमा अफगानिस्तानमाथि आरोप लगाउँदै काबुलमा उक्त समूहलाई शरण दिइएको जिकिर गरेको थियो । तर, तालिबानले यसलाई पूर्ण रूपमा अस्वीकार गर्दै आतंकवाद पाकिस्तानकै घरेलु समस्या भएको दोहोर्‍यायो ।

वार्तामा दुवै पक्षले एकार्कामाथि आरोप–प्रत्यारोप गरे । टर्कीले पटक–पटक मध्यस्थताको प्रयास गरे पनि दुवै पक्ष आफ्ना अडानमा अडिग रहे । यूएई र कतारले तनाव घटाउने उपायमा ध्यान दिन सुझाव दिएका थिए । साउदी अरबले शान्ति र संयम अपनाउन आग्रह गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार