पूर्वमन्त्री खड्कामाथि भ्रष्टाचारको आरोपमा अख्तियारबाट समेत अनुसन्धान

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमन्त्री दिपक खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेको खुलेको छ ।

खड्काको पक्राउ विरुद्ध चलेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा लिखित जवाफ पेश गर्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अख्तियारले पनि खड्कामाथि अनुसन्धान गरिरहेको र त्यसक्रममा केही फाइलहरु खडा भएको विवरण पठाएको हो ।

विनिता थापाले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखेको दावी सहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् । त्यही निवेदनको सुनुवाईपछि सर्वोच्च अदालतले अख्तियारबाट पनि फाइल मगाउनु भन्ने आदेश दिएको हो ।

अख्तियारले निर्णयगत भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धान गर्छ । अख्तियारबाट खड्कामाथि गैरकानूनी सम्पत्तिआर्जनको उजुरीमाथि अनुसन्धान भइरहेको छ । अख्तियारबाट फाइल पेश नभएको भनी सर्वोच्च अदालतले शुक्रबार फाइल सहित उपस्थित हुनु भनी आदेश दिएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार