औषधिको अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाही गर्न सांसद खत्रीकाे माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीब खत्रीले ऐन विपरीत औषधिको मूल्यवृद्धि गरी ठूलो रकम अपचलन गरिएको भन्दै संलग्न अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।

बुधबार बसेकाे प्रतिनिधिसभाको बैठकको विशेष समयमा सांसद खत्रीले औषधि परामर्श परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले औषधिको मूल्यवृद्धि गर्नुपर्नेमा प्रक्रिया मिचेर बदनियतपूर्वक आफूखुसी मूल्यवृद्धि गरी अर्बाैँ लुटिएको दाबी गरे।

उनले महालेखा परीक्षकको प्रतिवेदनले औँल्याइसकेको अनियमिताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनलाई निष्कर्ष दिन समय लगाएको टिप्पणी गरे ।

सांसद खत्रीले औषधि व्यवस्था विभागका महानिर्देशकले २०७८ सालमा नयाँ दर्ता र नवीकरण गर्दा सात विदेशी कम्पनीका ५२ ब्रान्डको औषधिमा २६ दशमलव ८८ प्रतिशतदेखि ३३ दशमलव ९९ प्रतिशतसम्म गराइएको वृद्धिको मार जनताले खेप्नु परेको बताए । 

उनले उपचार खर्चमा बिरामीको सबैभन्दा बढी खर्च औषधिमै हुने र स्वास्थ्य सेवा महँगाे हुँदा जटिल रोग लागेका व्यक्तिको उपचारले धनी, निम्न मध्यमवर्गमा र निम्न वर्ग गरिबमा झर्छ भने गरिब उपचार नै नपाएर मृत्युवरण गर्ने अवस्थामा पुग्ने तथ्य स्मरण गराए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार