धनगढी । समाजसेवा र परोपकारको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै धनगढी उपमहानगरपालिका–५ तारानगर निवासी समाजसेवी प्रभाकर भण्डारी र उहाँकी धर्मपत्नी राधा भण्डारीले दृष्टि फाउन्डेसन नेपाललाई महत्वपूर्ण सहयोग प्रदान गरेका छन् । भण्डारी दम्पतीले आफ्नो छोरा निशान्त भण्डारीको जन्मदिनको शुभ अवसर पारेर नगद ५,००० रुपैयाँसहित वडा नं. ६ जालीमा ३ कठ्ठा जग्गा दान गरेका हुन्।
दृष्टि फाउन्डेसनद्वारा सञ्चालित आश्रममा आयोजित एक सादगीपूर्ण कार्यक्रममा सहभागी भई उहाँहरूले दीप प्रज्वलन गर्दै भगवानप्रति कृतज्ञता व्यक्त गरेका थिए। सो अवसरमा बोल्दै भण्डारी दम्पतीले समाजसेवामा सानो योगदान गर्न पाएकोमा आत्मसन्तुष्टि र खुशी व्यक्त गरे ।
फाउन्डेसनका शुभेच्छुकसमेत रहेका उनीहरुको यो उदार सहयोगले आश्रमको भौतिक संरचना विस्तार तथा सेवा प्रवाहमा थप सहजता आउने विश्वास गरिएको छ।
दृष्टि फाउन्डेसन नेपालले भण्डारी दम्पतीप्रति हार्दिक आभार व्यक्त गर्दै प्रेरणादायी कदमले समाजमा सहयोग र सहकार्यको भावना अझ मजबुत बनाउने अपेक्षा गरेको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्