सन्दीपको फाइफरमा बागमतीविरुद्ध कोशी ९९ रनमा अलआउट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई  रनको लक्ष्य दिएको छ । 

जनकपुरस्थित रामजानकी बहुउद्देश्यीय स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कोशी २८.२ ओभरमा ९९ रनमा अलआउट भएको हो । 

कोशीका लागि कप्तान सुजन थपलियाले २१ र अकिंत सुवेदीले १९ रन बनाए । 

बागमतीका लागि सन्दीप लामिछानेले आफ्नो फाइफर पूरा गरे । उनले ७.२ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । उनले ११.४, १३.४, १७.२, २४.१ र २६.१ ओभरमा विकेट लिए । रिजन ढकालले २ तथा प्रतिश जिसी र इशान पाण्डेले १–१ विकेट लिए । 

टस जितेर बागमतीले पहिले फिल्डिङ रोजेको हो । 
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार