कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ । आज (चैत २५) मध्याह्न १२ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन् । 

बैठकमा सदनको कार्यसूचीबारे छलफल हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।  

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । त्यसअघि परामर्श समितिको बैठक बस्न लागेको हो । 

सोमबारको प्रतिनिधिसभा बैठकबाट २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार