काठमाडौँ ।
बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले विभिन्न मुलुकका ६ जना राजदूतलाई फिर्ता बोलाएपछि परराष्ट्र मन्त्रालयमा तानिएका दुई राजदूत पनि राजीनामा दिने तयारीमा रहेका छन्। यसअघि ११ जनामध्ये ९ जना राजदूतले आलोचनापछि राजीनामा दिइसकेका छन्।
कार्यकाल नसकिँदै फिर्ता बोलाएको भन्दै राजदूतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए, जसमा अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो। त्यसपछि उनीहरूलाई मन्त्रालयमा कामकाजका लागि तानिएको थियो।
हाल जर्मनीका लागि राजदूत डा. शैल रुपाखेती र स्पेनका लागि राजदूत शनिल नेपालले पनि राजीनामा दिने तयारी गरिरहेका छन्। सरकारले फिर्ता बोलाएका राजदूतको स्थानमा मन्त्रालयका वरिष्ठ कर्मचारीले कार्यवाहक रूपमा जिम्मेवारी सम्हालिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्