उषा खड्गीको जाहेरीमा जीपी तिमल्सिना पक्राउ

काठमाडौं । सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । पूर्वपत्नी समेत रहेकी पूर्वमिस नेपाल उषा खड्गीले जाहेरी दिएपछि जीपी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिषर भक्तपुरमा उषाले सोमबार जीपीविरुद्ध जाहेरी दिएकी थिइन् । परिसरका डीएसपी प्रकाश जबेगुले जीपी आज पक्राउ परेको जानकारी दिए । 

उषा खड्गीले तिमिल्सिनाविरुद्ध अभद्र व्यवहारको कसुरमा जाहेरी दिएकी थिइन् । केही दिनअघि खड्गीले सामाजिक सञ्जालमार्फत पूर्वपतिजिरुद्ध अभद्र व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।

उषा र जीपीको सबन्धविच्छेद भइसकेको छ । तर, उनीहरू एकै घरमा बस्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार