डिजिटल यौनहिंसा भएको भन्दै अमिशा पराजुलीले दिएको उजुरीमा एक जना पक्राउ

नेकपा एमालेको विरोध कार्यक्रममा भाग लिन गएकाले आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै २० वर्षीया अमिशा पराजुलीले दिएको उजुरीमा साइबर ब्युरोले एक जनालाई पक्राउ गरेको छ।

रौतहटको गुजरा नगरपालिका-२ बस्ने २४ वर्षीय अभिषेक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो।

अनुसन्धान क्रममा सोधपुछ गर्दा आफूले कमेन्ट गरेको स्वीकार गरेपछि उनलाई शनिबार रौतहटबाट पक्राउ गरेर आइतबार काठमाडौं ल्याइएको साइबर ब्युरोका एसपी दिलिपकुमार गिरीले जानकारी दिए।

‘अभिषेक आफैले अमिशालाई अपशब्द कमेन्ट गरेको स्वीकार गरेपछि नियन्त्रणमा लिएका हौं,’ एपी गिरीले भने, ‘कमेन्ट गर्ने बाँकी व्यक्तिको मेटा (फेसबुक) बाट विवरण मागिरहेका छौं।’

कतिपय व्यक्तिले अरूको नाम राखेर सामाजिक सञ्जाल चलाउने भएकाले मेटाबाट विवरण नआएसम्म व्यक्ति पहिचान गर्न कठिनाइ हुने उनले बताए।

विवरण प्राप्त हुनसाथ कानुनी प्रक्रिया अघि बढ्ने एसपी गिरीको भनाइ छ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष लीलाई पक्राउ गरिएको विरोधमा सडक प्रदर्शनमा भाग लिएकै कारण आफूमाथि डिजिटल यौनहिंसा भएको भन्दै अमिशाले चैत १८ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।

अमिशाले १९ वटा फेसबुक आइडीविरूद्ध कानुनी कारबाही हुनुपर्ने भन्दै जाहेरी दिएकी छन्। जाहेरी प्राप्ता हुनासाथ कानुनी प्रक्रिया अघि बढाइएको गिरीले जानकारी दिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार