काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ हुने भएको छ ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा प्रारम्भिक सुनुवाइ सम्पन्न भएको थियो। उक्त दिन ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ ।
आज भने महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् ।
जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनासम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वगृहमन्त्री लेखकका तर्फबाट यशोदा लेखक र ओलीका तर्फबाट राधिका शाक्यले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएका थिए ।
उक्त आन्दोलनका क्रममा भएको दमनका लागि जिम्मेवार ठहर गर्दै आयोगले उनीहरूविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्