राष्ट्र बैंकको नयाँ निर्देशन : साना तथा मझौला उद्योगका लागि ३ करोडसम्मको ऋणमा ६० प्रतिशत मात्र जोखिम भार लागू

भक्तराज जोशी

नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरेको छ । यस निर्देशिका अनुसार साना तथा मझौला उद्योग (एसएमई)लाई ३ करोड रुपैयाँसम्मको ऋण प्रदान गर्दा जोखिम भार ६०% मात्र लाग्ने व्यवस्था गरिएको छ ।

यस नयाँ नियमले कृषि, सूचना प्रविधि र उत्पादन उद्योगसँग सम्बन्धित एसएमईलाई  निक्षेप तथा क्रेडिट ग्यारेन्टी कोषबाट ग्यारेन्टी प्राप्त हुनुपर्छ वा जग्गा र/वा भवनको सम्पूर्ण सुरक्षा सहित हुनुपर्छ, जसमा कम्तीमा २५ प्रतिशत बढी मार्जिन हुनुपर्नेछ। साथै, प्रोजेक्ट बीमा भएको ऋणमात्रै जोखिम भार घटाइएको वर्गमा पर्नेछ। यसरी सुरक्षा र बीमा दुवैको व्यवस्था गरेर बैंकको जोखिम न्यून गर्न सकिनेछ।

यस कदमले साना तथा मध्यम व्यवसायहरूको वित्तीय पहुँच बढाउने र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार