२२ चैत, काठमाडौं । सरकारले डा. नारायणदत्त कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार बनाउने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार रहनुका साथै फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गठन, सरकारवादी हुने सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्छन् ।
कँडेल रास्वपा सभापति रवि लामिछानेको मुद्दामा कानुनी सल्लाहकारको रूपमा काम गरेका व्यक्ति पनि हुन् ।




प्रतिक्रिया दिनुहोस्