ओलीको बयान : प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिँदैन, संकटमा बेला सेनाले सहयोग गरेन

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन्।

अघिल्लो शनिबार पक्राउ परेका ओलीले अदालतमा दिएको बयानमा आफूलाई घटनासँग जोड्ने कुनै आधार नरहेको बताएका छन्। उनले प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिने दाबी गरेका छन्।

उनले आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको बयानमा उल्लेख गरेका छन् । 

ओलीले आन्दोलनको नाममा राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग
 पनि गरेका छन् ।

ओलीले जेन-जी आन्दोलनमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन्।

जेन–जी आन्दोलनका क्रममा भएको झडपमा मानवीय क्षति भएपछि घटनाको जिम्मेवारीबारे विवाद छ। बालेन शाह नेतृत्वमा सरकार बनेसँगै गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो। 

ओलीको बयान : 

▪️ प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने व्यवस्था नभएको भन्दै आफू दोषी नभएको दाबी
▪️ आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको उल्लेख
▪️ आन्दोलनका क्रममा मानिसको मृत्यु भएको खबर सुन्दा आफू अचम्मित भएको र घटनाबारे गम्भीर प्रश्न उठेको टिप्पणी
▪️ शान्तिपूर्ण भनिएको आन्दोलनमा निषेधाज्ञा किन तोडियो भन्ने विषयमा छानबिन आवश्यक रहेको भनाइ
▪️ राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग
▪️ राष्ट्रहितमा बोलेको र काम गरेको कारण विभिन्न स्वार्थ समूहबाट आरोप खेप्नुपरेको दाबी

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार