संसद जनताका मुद्दामा केन्द्रित हुनैपर्छ: कानून मन्त्री गौतम

काठमाडौँ। कानून मन्त्री सोविता गौतमले यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्ने बताएकी छिन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालको समर्थकको रुपमा आफ्नो कुरा राख्दै उनले संसदमा नयाँ उर्जासहित आएका सांसद र दीर्घ संसद अुनभव बोकेका अग्रजहरूको समिश्रणले संसदलाई अझ परिपक्क बनाउनतिर लैजान आवश्यक रहेको धारणा राखिन् ।

उनले भनिन्,‘यस पटकको संसद पक्ष र विपक्षको सिमाभन्दामाथि उठ्नैपर्छ । यो संसद जनताको मुद्दामा केन्द्रित हुनैपर्छ । समाधनोन्मुख र स्पष्टरुपमा परिणामुखी बन्नैपर्छ । नयाँ उर्जासहित आएका सांसद र दीर्घ संसद अुनभव बोकेका अग्रजहरूको पनि उपस्थिति छ । जसले मिलेर अझ यो संसदलाई परिपक्क बनाउनतिर लाग्नैपर्नेछ ।’

उनले बहस केवल बहसमा मात्रै सीमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जाने भन्दै संसदमा स्वस्थ बहस आवश्यक रहेको बताइन् ।

‘लोकतन्त्र केवल भाषण र बहसले मात्र ल्याउने होइन् । हाम्रा बहसहरूले ल्याउने परिणामले पनि अर्थपूर्ण छ कि छैन भन्ने कुराको सन्देश दिन्छ । त्यसैले स्वस्थ्य बहस आवश्यक छ । तर बहस केवल बहसमा मात्रै सीमित रह्यो भने जनताको विश्वास कमजोर हुँदै जान्छ । त्यसैले यस पटकको बहस अर्थपूर्ण उत्तरदायी र परिणाममुखी हुनुपर्छ,’ उनले भनिन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार