कांग्रेसले बोलायो संसदीय दलको बैठक

२२ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे सिंहदरवारमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

नेपाली कांग्रेसकी सांसद बासना थापाका अनुसार संसदीय दलको नेता चयन गनुपर्ने छ । उनले भनिन्, ‘संसदीय दलको बैठकको एजेण्डा भनिएको छैन । तर, संसदीय दलको नेता चयन गर्नुपर्ने छ ।’

अरु दलहरूले संसदीय दलको नेता चयन गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) संसदीय दलको नेता चयन भएर प्रधानमन्त्री बनिसके ।

नेकपा एमालेले रामबहादुर थापालाई संसदीय दलको नेता चयन गरेको छ । नेपाली कम्युनिस्ट पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नै संसदीय दलको नेताको जिम्मेवारी सम्हालेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन् ।

तर, कांग्रेसले संसदीय दलको नेता चयन गरेको छ । कांग्रेस प्रतिनिधिसभाको दोस्रो ठूलो दल हो ।

प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक पद हो । प्रमुख प्रतिपक्ष दलको नेता संवैधानिक परिषद्को सदस्य समेत हुन्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार