काठमाडौं ।
निर्वाचन आयोग नेपाल ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली सङ्कलन कार्य आजदेखि पुनः सुरु गरेको छ। यसअघि मङ्सिर ६ गतेदेखि रोकिएको कार्यक्रम आयोगको चैत १८ को निर्णयपछि पुनः सञ्चालनमा आएको हो।
आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर भएका नागरिकले अनलाइनमार्फत सहजै नाम दर्ता गर्न सक्नेछन्। परिचयपत्र नभएकाले ‘प्रि–इनरोलमेन्ट’ प्रणालीमार्फत फारम भरी फोटो र औँठाछापसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
यससँगै नामावलीमा त्रुटि सच्याउने, दोहोरो नाम हटाउने तथा ठेगाना अद्यावधिक गर्ने व्यवस्था पनि अनलाइनबाटै गर्न सकिनेछ। आयोगले सबै नागरिकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।




प्रतिक्रिया दिनुहोस्