काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटघाट भएको छ । उनीहरुबीच शनिबार लामिछानेको निजी निवासमा भेटवार्ता भएको हो ।
उक्त भेटमा प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको निर्वाचनबारे छलफल भएको छ ।
भेटघाटमा उपसभामुख पदका लागि सम्भावित सहकार्य र संसदभित्रको साझा रणनीतिबारे छलफल भएको बुझिएको छ ।
संवैधानिक प्रावधानअनुसार सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने छ ।
रास्वपाले यसअघि नै डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गराइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्