गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो

२१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र चिकित्सा शिक्षा आयोगको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री पोखरेलसहितको टोलीले आज भक्तपुरको सानोठिमीस्थित ती दुवै कार्यालयको अवलोकन भ्रमण गरे । सो अवसरमा शिक्षामन्त्री पोखरेलले संस्थालाई सरकारकोतर्फबाट आवश्यक सहयोग तथा सहजीकरण गर्ने बताए ।

उनले सहयोग र सहकार्यका संभावित क्षेत्रहरु पहिचान गरेर समन्वयका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।

शिक्षामन्त्री पोखरेलले भने,’यी दुवै सरकारी संस्थाहरुलाई सरकारकोतर्फबाट अझ थप सहयोग र सहकार्य हुनेछ । मन्त्रालय र तद्निकायका पदाधिकारी बसेर कुन किसिमको समझदारी कायम गरेर अगाडि बढ्न सकिन्छ छलफल गरेर अगाडि बढ्नुपर्छ ।’

पोखरेलले जनक शिक्षा केन्द्रमा पुस्तक छपाईलगायत अन्य संरचनाको निरीक्षण गर्नुका साथै केन्द्रको समग्र अवस्थाबारे जानकारी लिएका थिए । सो क्रममा उनले समयमा नै पुस्तक छापेर विद्यार्थीको हातहातमा पुर्याउन निर्देशन दिए ।

त्यस्तै मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको अवस्था र गतिविधिबारे जानकारी लिए । उनले गेटा अस्पताल कैलालीलाई गेटा विश्वविद्यालय सञ्चालनका लागि कानुनी अड्चन के छन् त्यसलाई फुकाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

ती दुवै निकायका पदाधिकारीले संस्थाको वस्तुस्थिति, गतिविधि र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार