औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै विभागले औषधि बिक्री–वितरण संहिता, २०८० कार्यान्वयनमा रहेको जानकारी दिँदै नयाँ थोक तथा खुद्रा पसलका हकमा तोकिएका मापदण्डअनुसार पूर्वतयारी पूरा गरी प्रमाणीकरणका लागि आवेदन दिनुपर्ने जनाएको छ ।

नयाँ दर्ता हुने फार्मेसी तथा थोक पसलले संहितामा उल्लेखित सबै मापदण्ड पूरा गरेपछि मात्र दर्ता प्रक्रिया अघि बढ्ने विभागले स्पष्ट पारेको छ । साथै, पहिले नै सञ्चालनमा रहेका पसलहरूले क्रमशः सबै मापदण्ड पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

विभागका अनुसार संहिताको पालना नगरेमा औषधि ऐन, २०३५ तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार