बाजुरामा शैक्षिक सत्र अगावै पुगे पाठ्यपुस्तक

बाजुरा । बाजुरामा यो बर्ष समयमै पाठ्यपुस्तक पुगेका छन्। शैक्षिक सत्र सुरु नहुनु अगावै बाजुरामा पाठ्यपुस्तक पुगेका हुन् । अघिल्ला केही बर्षहरुमा समयमै पाठ्यपुस्तक नपुग्ने बाजुरामा पछिल्ला दुई तीन बर्षहरुमा भने समयमै पाठ्यपुस्तक पुग्ने गरेका छन् ।
जिल्लाका बिभिन्न बितरण केन्द्रमा समयमै पाठ्यपुस्तक पुगिसकेका छन् । पहिलेका बर्षहरुमा बर्ष वितिसक्दा समेत पाठ्यपुस्तक नपुग्ने बाजुरामा अघिल्ला दुई बर्ष र यो बर्षमा भने समयमै किताब पुगेका हुन्। समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरू समेत निकै खुशी देखिएका छन् ।

जिल्लामा रहेका सामुदायिक विद्यालयका विद्यार्थीको संख्याका आधारमा शैक्षिक सत्र २०८३ को लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर शिक्षा मन्त्रालयको निर्णय बमोजिम नै पाठ्यपुस्तक आएको शिक्षा विकास तथा समन्वय इकार्ई बाजुराका प्रमुख लाल बहादुर बिष्टले जानकारी दिए ।

सदरमुकाम मार्तडीमा अहिले बडिमालिका,गौमुलका केहि बिद्यालय बुढीगंगा र खप्तड छेडेदहको केही विद्यालयको लागी आवश्यक पाठ्यपुस्तक जिल्ला सदरमुकाम मार्तडी आइपुगेको पाठ्यपुस्तक विक्री केन्द्र डेल्टा एण्ड करुणा पुस्तक पसलका सञ्चालक नृप बहादुर खातीले बताए ।

‘जिल्लाका सामुदायिक बिद्यालयको लागी आवश्यक पाठ्यपुस्तक बिक्री केन्द्रमा आईसकेका छन्,’उनले भने, ‘बाजुराका सबै पाठ्यपुस्तक विक्री केन्द्रमा पुस्तक पुगेर विक्रिवितरण कार्य चलेको छ।पर्याप्त पाठ्यपुस्तक आएको हुँदा पुस्तकको कमी हुने छैन । सम्पूर्ण विद्यालयले समयमै विक्री केन्द्रमा आएर आवश्यक पाठ्यपुस्तक लिई सहयोग गर्न अनुरोध छ ।’

साथै उनले आफ्नो विक्री केन्द्रबाट हालसम्म ११ बढी विद्यालयले पुस्तक लगेको बताउँदै पाठ्यपुस्तक विक्रिवितरण कार्य निरन्तर रहने जानकारी दिए । समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीहरुलाई भर्ना संगसंगै हातमै पुस्तक दिन सहज हुने बालमन्दिर आधारभूत विद्यालयका शिक्षक कठक बहादुर रोकायाले बताए।

पछिल्लो दुई शैक्षिक सत्रमा समयमै पाठ्यपुस्तक पुग्दा विद्यार्थीको सिकाई र शिक्षा क्षेत्रमा समेत सुधार भएको उनको भनाई रहेको छ । शैक्षिक सत्र सुरु हुनु करिब एक हप्ता बाँकी रहे पनि बिभिन्न पाठ्यपुस्तक बिक्री केन्द्रमा पाठ्यपुस्तक पुगेका हुन्।

जनक शिक्षाले समयमै नयाँ शैक्षिक शत्र सुरु हुनुभन्दा पहिले नै मुलुकका विभिन्न वितरण केन्द्रमा पाठ्य पुस्तक पु¥याइसकेको छ । सरकारले बाजुरासहित हिमाली तथा पहाडी जिल्लालाई बिषेष प्रथामिकतामा राखेर समयमै पाठ्यपुस्तक पुर्याउने लक्ष्य राखेसंगै सोही अनुरुप बाजुरासहित अन्य सुदुरका जिल्लाहरुमा समयमै पाठ्यपुस्तक पुगेका छन्।

जिल्लामा २ सय ३७ ओटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेको जिल्ला शिक्षा तथा समन्वय इकाई बाजुराले जनाएको छ । जिल्लाका ९ वटै पालिकाका सामुदायिक विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक पुग्ने गरेको भएपनि शैक्षिक गुणस्तरमा भने सुधार नभएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार