काठमाडौं । छुट्टाछुट्टै बलात्कार घटनामा प्रहरीले तीनजना आरोपीलाई पक्राउ गरेको छ ।
प्रहरीले प्युठानको सरुमारानी गाउँपालिका–१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई पक्राउ गरेको छ ।
यस्तै, उदयपुरको उदयपुरगढी गाउँपालिका–७ हाडेबासका २० वर्षीय बिपु परियार पनि बलात्कारको आरोपमा पक्राउ परेका छन् ।
रुपन्देहीको कञ्चन गाउँपालिका–१ बस्ने ४२ वर्षीय मनबहादुर थापालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तिलकले १९ वर्षीया, परियारले १६ वर्षीया र थारुले १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।
यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्