सभामुख पदका लागि डीपीले दिए उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् ।

रास्वपा २ तिहाइ नजिक भएकाले सभामुखमा अर्को उम्मेदवारी पर्ने सम्भावना छैन । अर्याल सम्भवत: निर्विरोध निर्वाचित हुने छन् ।

आज साढे २ देखि उम्मेदवारको सूची प्रकाशन गरिने छ । दर्ता भएका प्रस्तावका सूचनालाई आइतबार हुने प्रतिनिधिसभाको बैठकमा प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्ने तथा सामूहिक छलफलपश्चात् निर्णयार्थ प्रस्तुत गर्ने निर्वाचन तालिका छ ।

बिहीबार रास्वपा संसदीय दलको बैठकले अर्याललाई सभामुखमा अघि सार्ने निर्णय गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार