काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ गृहमन्त्री सुधन गुरुङलाई भेट्न सिंहदरबार लागेका छन् । उनले केहीबेर अघि विकासे मुद्दा लिएर अब आफू प्रधानमन्त्री र मन्त्रीहरूकहाँ जाने बताएका थिए ।
‘हिजो औपचारिक र विधिवत सदनको पहिलो बैठक सम्पन्न भयो !नेपाल सरकार लगायत सबैलाई धन्यवाद !अब जनताका बिकासका मागहरु लिएर प्रधानमन्त्री ज्यूलाई भेट्न जानु पर्नेछ ! विभागीय मन्त्रीज्यूहरूसँग पनि पनि भेट हुनेछ’, हर्कले केहीबेरअघि फेसबुकमा लेखेका थिए ।
सुनसरी १ बाट निर्वाचित उनले हिजो प्रतिनिधिसभाको पहिलो बैठकमा एमसीसी खारेज गर्नुपर्ने, सीमामा छिमेकी मुलुकको गतिविधिमा निगरानी बढाउनुपर्ने, भदौ २३-२४ दुवै दिनको घटनाका दोषीलाई कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने लगायतका दर्जनबढी माग राखेका थिए ।




प्रतिक्रिया दिनुहोस्