सागर लम्साल ‘बले’माथि लाग्यो बलात्कार आरोप

बले भनेर परिचित कलाकार सागर लम्सालमाथि बलात्कार आरोप लगाएको छ । अमेरिका बस्ने एक युवतीले वर्ष दिनअघि आफ्नो इच्छाविपरीत लम्सालले जबर्जस्ती करणी गरेको आरोप लगाएकी हुन् । त्यो घटनापछि आफू मानसिक रूपमा थप विक्षिप्त बनेको बिहीबार फेसबुकमार्फत उनले बताएकी छन् ।

सागर लम्साललाई समेत ट्याग गरिएको उक्त पोस्टअनुसार दुवै जनाबीच पारिवारिक रूपमै चिनजान थियो । युवतीले उनलाई ‘दाइ’ भनेर सम्बोधन गर्थिन् । लम्साल अमेरिका गएका बेला युवतीसँग भेट भएको थियो । नेपाल हुँदादेखि नै एन्जाइटी र डिप्रेसनजस्तो मानसिक समस्यासँग जुधिरहेको बताउने युवतीले आफ्ना बुबाको सुझावपछि नै लम्साललाई भेटेकी थिइन् ।

पारिवारिक रूपमै चिनजान भएको व्यक्तिसँग भेट्दा मनमा शान्ति र हौसला मिल्ने ठानेर भेटेको युवतीले बताएकी छन् । लम्सालले ‘तिम्रो अपार्टमेन्ट हेर्न लैजाऊ’ भनेपछि उनले आफू बस्ने कोठामा लगेको बताएकी छन् । कोठामा पुगेपछि रुँदै आफूले भोगेका मानसिक पीडा सुनाइरहँदा लम्सालले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ । 

उनको यो पोस्टपछि धेरैले प्रतिक्रिया दिएका छन् । कमेन्टमा लम्साललाई पनि थुप्रैले प्रश्न गरेका छन् । आफूलाई पीडित बताउने युवतीलाई जेन–जी अभियन्ता माजिद अन्सारीलगायतले अमेरिका र नेपालमा कानुनी उपचारमा जान सुझाएका छन् । सार्वजनिक रूपमा लागेको आरोपबारे लम्सालले कुनै प्रस्टीकरण दिएका छैनन् । 

उनी यसअघि पनि विवादमा परेका थिए । कलाकार प्रिज्मा खतिवडाविरुद्ध सोसल मिडियामा भ्रम फैलाएको, दुःख दिएको आरोपमा उनीविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार