दैजी–लिप्ना–जोगबुढा सडक अलपत्र पारिएको विरोधमा युवाहरुले गरे ‘लास प्रदर्शन’

धनगढी:कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम वर्षौंदेखि अलपत्र पारिएको विरोधमा युवाहरुले सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय अगाडि फरक शैलीमा प्रदर्शन गरेका छन् ।

‘बोलन्या थली’ अभियानको आयोजनामा युवाहरु सेतो कपडा ओढेर लमतन्न परेर सुतेर प्रदर्शन गरेका हुन् । विहीबार करिब एक घण्टासम्म युवाहरुले प्रदर्शन गरेका थिए ।

अभियानका संयोजक यादव जोशीले सडक निर्माण गर्न सरकारलाई दबाब दिने उद्देश्यले ‘लास आन्दोलन’ गरेको बताए ।

कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने करिब २८ किलोमिटर सडक करिब एक दशकदेखि निर्माण अलपत्र छ । बाटो बनाउने ठेक्का नागार्जुन कन्स्ट्रक्सनले लिएको छ । तर सडक निर्माण सम्पन्न नहुँदा डोटीको बुडर हुँदै लामो र घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार