वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत वीरगन्जमा जारी खेलमा गण्डकी प्रदेशले सुदूरपश्मिलाई १९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नारायणी मैदानमा टस जितेर ब्याटिङ गरेको गण्डकीले ४९ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो ।
गण्डकीका लागि ओपनर अर्जुन कुमालले ४४, कप्तान विपिन खत्रीले ३०, सुवास भण्डारीले २४, दीपक डुम्रेले २२, कृष्ण पौडेलले १५, गौरव विकले १४ र किब्रिन श्रेष्ठले १३ रन बनाए । सुदूरपश्चिमका कप्तान शेर मल्लले पाँच विकेट लिए । मल्लले १० ओभरमा ४२ रन खर्चिएर पाँच विकेट लिएका हुन् । यसैगरी हेमन्त धामी र अशोक धामीले समान दुई-दुई विकेट लिए भने मिलन बोहोराले एक विकेट हात पारे ।
जारी प्रतियोगितामा सुदूरपश्चिम चौंथो स्थानमा छ भने गण्डकी नवौं स्थानमा छ । चार खेल खेलेको सुदूरपश्चिमले तीन जित र एक हारसहित ६ अंक जोडेको छ भने गण्डकीले दुई हार, एक जित र एक खेल अनिर्णित बन्दा तीन अंक जोडेको छ । पहिलो खेलमा कर्णालीलाई चार विकेटले पराजित गरेको सुदूरपश्चिम दोस्रो खेलमा मधेससँग पाँच विकेटले पराजित भएको थियो ।




प्रतिक्रिया दिनुहोस्