मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन


काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना ०८३ तयार गर्ने भएको छ । 

यसका लागि प्राधिकरणको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख, सहसचिव रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यदल गठन भई काम थालिएको हो ।

प्राधिकरणका प्रवक्ता उपसचिव शान्ति महतले मनसुनजन्य पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना ०८३ तयार गर्न कार्यदल गठन गरेर काम थालिएका जानकारी दिइन् । कार्यदलमा विपद्सम्बद्ध संघीय मन्त्रालय, विभाग तथा प्राधिकरणका साथै तीनवटै सुरक्षा निकायका प्रतिनिधि सहभागी छन् ।

सम्भावित मनसुनजन्य विपद्को प्रभावकारी सामना गर्दै धनजनको क्षति न्यूनीकरण गर्न संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, साझेदार संस्थालगायत विपद्सँग सम्बन्धित सरोकारवाला सबै निकायलाई पूर्वतयारी तथा प्रतिकार्यमा योजनाबद्ध ढंगले लाग्न कार्ययोजना बन्न लागेको हो । 

उक्त कार्ययोजना निर्माणका एक सदस्य प्राधिकरणका उपसचिव रामकुमार केसीले सबै प्रतिनिधिलाई आवश्यक सुझाव दिन एक हप्ताको समय दिइएको जानकारी दिँदै यसपालि समयमै कार्ययोजना निर्माण हुने बताए । 

उनले कार्ययोजनामा के–के विषय समेट्नुपर्छ भन्नेसम्मको सुझाव प्राप्त भएपछि अर्काे हप्ता कार्यदलको बैठक बस्ने तय भएको पनि जानकारी दिए । 

गृहमन्त्री सुदन गुरुङले प्राधिकरणमा हालै आयोजित कार्यक्रममा समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनमा चुस्त निर्माण गर्न निर्देशन दिएका थिए । रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार