१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको पहिलो अधिवेशनबारे छलफल गर्न दलको बैठक बोलाइएको हो ।
कांग्रेस सांसद गीता गुरूङले बिहान साढे ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा उपस्थित हुन सूचना गरिएको जानकारी दिइन् ।
‘बैठकको एजेन्डाबारे केही भनिएको छैन,’ उनले भनिन्, ‘साढे ११ बजे अनिवार्य उपस्थित हुनु भनेर खबर आएको छ ।’
प्रतिनिधिसभाको पहिलो अधिवेशन आज (बिहीबार) देखि प्रारम्भ हुन गइरहेको छ । सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्