काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रत्येक प्रदेशका सांसदहरूसँग छलफल र सम्पर्क गर्न अलग–अलग ह्वाट्सएप समूह बनाउन निर्देशन दिएका छन् ।
बुधबार मधेस प्रदेशका सांसदहरूसँगको भेटमा उनले यस्तो निर्देशन दिएका हुन् । प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने उल्लेख गर्दै प्रधानमन्त्री शाहले पहुँचका आधारमा हुने बजेट बाँडफाँटको प्रवृत्ति अन्त्य गर्ने बताएका छन् ।
कर्मचारीतन्त्र र दलीय प्रभावका कारण नागरिकले भोगिरहेका सेवा–सम्बन्धी समस्यालाई तत्काल सम्बोधन गर्ने र दीर्घकालीन सुधारमार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो ।




प्रतिक्रिया दिनुहोस्