अपरेशन गरेर पित्तथैलीको पत्थरी निकाल्ने ओलीको चाहना, चिकित्सकहरू छलफलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यबारे चिकित्सकले आजै निर्णय लिने तयारी गरेका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका अध्यक्ष ओली चिकित्सकको निगरानीमा छन्।

अस्पताल स्रोतका‍ अनुसार ओलीले पित्तथैलीको पत्थरी निकाल्न चाहेका छन्।

‘उहाँको पित्तथैलीमा देखिएको पत्थरी निकाल्न के गर्ने भनेर चिकित्सकहरूबीच छलफल चलिरहेको छ। एउटा निष्कर्षमा पुग्छौं,’ स्रोतले भन्यो, ‘शल्यक्रिया होस् भन्ने उहाँको चाहना छ। तर अहिले पत्थरी निकाल्न सकिन्छ कि सकिँदैन या जरूरी छ कि छैन भनेर छलफल भइरहेको छ।’ 

ओली शनिबार बिहान पक्राउ परेका थिए। 

त्यसदिन उनलाई स्वास्थ्य जाँचका लागि त्रिवि अस्पताल लगिएकोमा मुटुको चालमा समस्या देखिएपछि भर्ना गरिएको थियो। 

थप चेकजाँच गर्दा पित्तथैलीमा पत्थरी देखिएको थियो। 

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनलाई पनि कारबाहीको सिफारिस गरेको थियो। सोही आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। 

ओलीमाथि माथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ अनुसार हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा अनुसन्धान र अभियोजन गर्न सिफारिस गरिएको थियो।

हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार