मुगुमा द्रुत दूरसञ्चार सेवा विस्तारका लागि सञ्चारमन्त्रीको ध्यानाकर्षण

१८ चैत, काठमाडौं । मुगु जिल्लाका युवाहरूले दुर्गम क्षेत्रमा अझै पनि प्रभावकारी इन्टरनेट र मोबाइल सेवा नपुगेको भन्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री विक्रम तिमल्सिनाको ध्यानाकर्षण गरेका छन् ।

सरकारको १०० बुँदे शासकीय सुधार अन्तर्गतको कार्यसूचीमा समेत यो विषय नपरेको भनेर उनीहरूले सञ्चारमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गरेका छन् ।

आशिष देवकोटाको नेतृत्वमा गएको मुगाली युवा टोलीले सञ्चारमन्त्री तिमल्सिनासँग भेटेर जिल्लाको वास्तविक अवस्था, भौगोलिक समस्या र समाधानका उपायसहितका सुझाव प्रस्तुत गरेका हुन् ।

उनीहरूले प्रस्तुत गरेको तथ्यांकअनुसार मुगु जिल्लामा रहेका २४ टेलिकम टावरमध्ये केवल १२ वटामा मात्र फोरजी सेवा सञ्चालनमा रहेको छ भने बाँकी स्थानमा अझै टुजी वा कमजोर नेटवर्क छ ।

४५ वडामध्ये करिब ३० वडामा मात्र सीमित कभरेज पुगेको छ र प्रभावकारी इन्टरनेट पहुँच ५ प्रतिशतभन्दा कम रहेको भनिएको छ ।

६४ हजारभन्दा बढी जनसंख्या रहेको जिल्लामा इन्टरनेट प्रयोगकर्ता अत्यन्त न्यून रहेको र धेरै नागरिक अझै डिजिटल सेवाबाट वञ्चित रहेको भनेर युवाहरूले सरकारको ध्यानाकर्षण गरेका हुन् ।प्रत्यक्ष सिटसमानुपातिक

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार