देउवा–कोइराला समूहको बैठक आज पनि बस्दै

 नेपाली कांग्रेसको शेरबहादुर देउवा र डा शेखर कोइराला समूहको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । 

मंगलबार नेताहरूले धारणा राख्ने क्रम नसकिएकाले आज पनि बैठक बस्ने भएको नेतृ लक्ष्मी खतिवडाले जानकारी दिइन् । बैठक दिउसो १ बजे सुरु हुनेछ । 

मंगलबारको बैठक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको थियो । बैठकमा खड्काले आफूहरूसँग १४औँ महाधिवेशनबाट निर्वाचित ११३ जना पदाधिकारीसहितका सदस्य रहेको बताएका थिए । आज भने ७० बढी पदाधिकारीसहितका केन्द्रीय सदस्य बैठकमा सहभागी थिए । 

बैठकमा समसामयिक राजनीति, पार्टीको आन्तरिक राजनीति निर्वाचनको समीक्षालगायतमा छलफल भएको नेता बद्री पाण्डेले जानकारी दिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार