ब्युँतियो तराई मधेश लोकतान्त्रिक पार्टी

१८ चैत, काठमाडौं । वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले जसपा नेपालसँगको एकीकरण भंग गरेको छ ।

गत मंसिर २४ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता प्रगतिशील पार्टी नेपाल र तमलोपा बीच एकीकरण भएको थियो । त्यसको करिब तीन हप्तापछि लोसपा र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच एकता भएको थियो ।

तमलोपाका नेता रविशंकरकुमार कर्णले तमलोपा ब्युँतिएको बताए । उनले भने, ‘हामी पार्टी एकतामा गएका थियौं । हामी तमलोपाकै हैसियतामा सक्रिय छौं, आयोगमा दर्ता छँदैछ ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार